राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर ३० फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले विहिबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु […]

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : आर्मी शिर्ष स्थानमा उक्लियो

विराटनगर २९ फागुन । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मी र वागमती प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्यो । आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ […]

विराटनगर महानगरले पहिलोपटक रोजगार मेला आयोजना गर्दै

विराटनगर २९ फागुन । विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ । आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा बिहान […]

राष्ट्रिय टी–२० क्रिकेट : सुदूरपश्चिम र एपीएफ विजयी

विराटनगर २८ फागुन । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपीएफ विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम समुह बी मा ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको […]

एमाले विराटनगरले ‘म मेरो वडा आफै बनाउँछु’ अभियान चलाउने

विराटनगर २८ फागुन । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफै बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । आज बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा […]