विराटनगर २२ फागुन । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली […]
विराटनगर २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । असोज २७ मा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बन्नु भएको थियो । संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी […]
विराटनगर २१ फागुन । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन । सशस्त्रका डीएसपी उपेन्द्र बस्याल आज दिउँसो मृत फेला पर्नु भएको हो । नेपाल प्रहरीका अनुसार बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख हुनुहुन्थ्यो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका […]
विराटनगर २० फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको […]
विराटनगर २० चैत । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत […]