पुष्पलालको योगदान अतुलनीय छ : मुख्यमन्त्री कार्की

विराटनगर ७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आज पुष्पलाल स्मारक समिति विराटनगरले आयोजना गरेको पुस्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र संघर्षको कारण राजनीतिक परिवर्तन भएको बताउनुभयो । नेकपा एमाले नेपाल कम्युनिष्ट आन्दोलनको […]

प्रधानमन्त्री ओलीलाई विश्वासको मत, पक्षमा १८८, विपक्षमा ७४

विराटनगर ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाउनु भएको छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत प‍र्यो भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, […]

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

विराटनगर ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा असार ३० मा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा […]

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

विराटनगर ६ साउन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन […]

विकास र समृद्धिको आधार निर्माण गर्न एमाले र कांग्रेसबीच सहकार्य : मुख्यमन्त्री कार्की

विराटनगर ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई […]