विराटनगर १६ पुस । कोशी प्रदेश सरकारले सवारी साधन करमा जरिवाना छुट गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरि विभिन्न सवारीसाधन करमा जरिवाना छुट गरिएको जनाएको छ । मन्त्रालयले दमकल, एम्वुलेन्स, शव वाहन र सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्ष भन्दा पुराना सवारी साधनलाई बार्षिक तिर्नुपर्ने सवारी साधनमा कर […]
विराटनगर १५ पुस । नेपालको मौलिक साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निभाएको भूमिका प्रशंसनीय रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै […]
विराटनगर १५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, […]
विराटनगर १४ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भएको छ । नेपाल बार एशोसिएशन महिला कानून व्यवसायीहरु महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलनको आज समापनका अवसरमा उहाँले न्याय सम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिा लागि विशेष प्रोत्साहन दिनु पर्ने सुझाव दिनु भयो । मुख्यमन्त्री […]
विराटनगर १४ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै आउने बताउनु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा उहाँले सङ्घीय शिक्षा ऐनले संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढी सकेकोले चाँडै आउने र कायान्वयनमा आउने […]