प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने

विराटनगर १७ पुस । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।

अगामी फागुन २३–२५ सम्म विराटनगरमा १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा गर्ने निर्णय गरिएको चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो । आगामी माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा भएको बैठकले महाधिवेशनको मिति तोकेको हो ।

यसअघि प्रेस चौतारीको ७ औं महाधिवेशन विराटनगरमा गरिएको थियो ।