विराटनगर १९ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनु भएको छ । प्रेस सेन्टरले आज संखुवासभा सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब […]
विराटनगर १९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. २ बाट एमालेमा तीन नेताहरुले आकांक्षा देखाएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सो क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका प्रमुख तथा केन्द्रीय सदस्य दिलिप बगडिया र क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य […]
निर्वाचन प्रजातन्त्रको गहना हो । आवधिक निर्वाचनले जनताको मन जित्न सक्नुपर्दछ र जनता केन्द्रित विषयवस्तुहरू उठान गर्न सक्नुपर्दछ । प्रजातन्त्र भनेको जनताद्वारा जनताले जनतालाई गरिने शासन हो । अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनका अनुशार लोकतन्त्रमा जनता सर्वेसर्वा हुन् । तोकिएकै मितिमा निर्वाचन भए नेपाली जनताको गोप्य राय दलहरूले फागुन २१ गते पाउने नै छन् । […]
विराटनगर १८ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक पूर्वाधार निर्माण दीर्घकालसम्म हुने गरी बनाउनुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हाम्रा पूर्वाधार निर्माण गर्दा बलियो र लामो समयसम्म टिकाउ हुने बनाउनुपर्ने बताउनुभएको हो । साना साना कुरामा लोभिएर दीर्घकालसम्म हुने दिगो विकास गर्न नसकेको चर्चा […]
विराटनगर १८ पुस । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा शशांक कोइरालाले जानकारी दिनुभयो । पुस २६–२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । […]