विराटनगर १६ पुस । मोरङबाट पछिल्लो डेढ दशकमा ५६४ बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६७१ बालिका बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये १०७ जना फेला परेको माइती नेपाल विराटनगरले जनाएको छ । सन् २०२५ मा मानव वेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारसँगको आयोजित […]
विराटनगर १६ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीहरु आगामी फागुन २१ अगावै नियन्त्रणमा आईसक्ने बताउनु भएको छ । फरार अधिकांश कैदीवन्दीहरु फिर्ता भैसकेको र बाँकीलाई समेत विशेष अपरेशसन सञ्चालन गरी यथासिघ्र फिर्ता ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो । निर्वाचन लक्षित कोशी प्रदेश […]
विराटनगर १५ पुस । नेपालमै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा ल्याएको विराट स्पोर्ट्स जोनमा खेलाडीको आकर्षण बढ्दै गएको छ । क्रिकेट एकाडेमीमा विराटनगर आसपासका खेलाडीका साथै भारत जोगवनीबाट समेत खेलाडीहरु प्रशिक्षणका लागि आउने गरेका छन् । स्पोर्ट्स जोनमा क्रिकेट, फुटवल एकाडेमीसँगै फुटसल, क्रिकसल, गो–कार्ट, स्केटिङका खेलहरु सञ्चालनमा छन् । विराटनगर ३ दुधफारम पूर्वमा गत मंसिर २७ […]
विराटनगर १५ पुस । गृहमन्त्री ओमप्रकाश आर्यालले आफु कुनै पनि राजनैतिक दलको गठबन्धनमा सहभागी नभएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले सरकार सुशासन कायम गर्ने भन्ने तर सरकारमा सहभागी मन्त्री राजनीतिक दलको गठबन्धनमा सहभागी भएका छन् भन्ने प्रश्नको जवाफमा उहाँले उक्त कुरा बताउनु भएको हो । गृहमन्त्री अर्याल पुस १६ गते बुधवार हुने […]
काठमाडौँ, १५ पुस । राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाबमोजिम नै निर्वाचन कार्यक्रम अगाडि बढेसँगै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको संशयसमेत हटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको जगमा गत भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई […]