विराट स्पोर्ट्स जोनमा ‘क्रिकेट र गो–कार्ट’मा खेलाडीको आकर्षण

विराटनगर १५ पुस । नेपालमै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा ल्याएको विराट स्पोर्ट्स जोनमा खेलाडीको आकर्षण बढ्दै गएको छ । क्रिकेट एकाडेमीमा विराटनगर आसपासका खेलाडीका साथै भारत जोगवनीबाट समेत खेलाडीहरु प्रशिक्षणका लागि आउने गरेका छन् ।

स्पोर्ट्स जोनमा क्रिकेट, फुटवल एकाडेमीसँगै फुटसल, क्रिकसल, गो–कार्ट, स्केटिङका खेलहरु सञ्चालनमा छन् । विराटनगर ३ दुधफारम पूर्वमा गत मंसिर २७ देखि औपचारिक रुपमा सञ्चालनमा आएको जोनमा दैनिक खेलाडीहरु थपिदै गएको व्यवस्थापन पक्षले जनाएको छ ।

क्रिकेट एकाडेमीमा सिनियर र जुनियर गरि दुई समूहमा नियमित अभ्यास भईरहेको छ । क्रिकेट एकाडेमीमा अहिले ६० जना भर्ना भएर नियमित अभ्यास गरिरहेका छन् । क्रिकेटमा दैनिक खेलाडी थपिने क्रममा रहेको बताईएको छ ।

एकाडेमीमा क्रिकेट प्रशिक्षणका लागि ४ प्रकारका पीच छन् । जुन विराटनगरका लागि नयाँ हो । एकाडेमीमा ग्रेनाईट, कोटा स्टोन, एस्ट्रो र टर्फ रहेको छ ।

खेलाडीहरुलाई मुख्य प्रशिक्षक संजम रेग्मी, प्रशिक्षक सिद्धान्त लोहनी र सहप्रशिक्षक दीपक पासवानले प्रशिक्षण दिईरहनु भउको छ । रेग्मी आईसीसी ‘लेभल वान’ सर्टिफाइड हुनुहुन्छ । उहाँ पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । लोहनी राष्ट्रिय खेलाडी र पासवान क्रिकेटका राम्रो खेलाडी हुनुहुन्छ ।

एकाडेमीमा क्रिकेट प्रशिक्षणका लागि ४ प्रकारका पीच छन् । जुन विराटनगरका लागि नयाँ हो । एकाडेमीमा ग्रेनाईट, कोटा स्टोन, एस्ट्रो र टर्फ रहेको छ ।

४ वटै पीचको फरक–फरक विशेषता रहेको स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाइँले जानकारी दिनुभयो । उहाँका अनुशार एकाडेमीको अर्को विशेषता बलिङ मेसिन, बलरका लागि स्पिड गन हो । क्रिकेटको सिनियर टिममा व्यवसायिक खेलाडी पनि रहेको बजगाइँले बताउनुभयो ।

स्पोर्ट्स जोनको फुटवल एकाडेमी तर्फ ४१ जना खेलाडी भर्ना भएका छन् । उनीहरुलाई मुख्य प्रशिक्षक करण कार्कीले नियमित प्रशिक्षण गराउँदै आउनु भएको छ । कार्की राष्ट्रिय महिला खेलाडीको पूर्व सहायक प्रशिक्षक तथा राष्ट्रिय टिमको पूर्व गोल किपर हुनुहुन्छ ।

क्रिकेट र फुटवल एकाडेमीका लागि भर्ना शुल्क ५ हजार र मासिक ३ हजार शुल्क रहेको छ ।

स्पोर्ट्स जोनमा अहिले क्रिकेट र फुटवल एकाडेमीसँगै फुटसल, क्रिकसल, गो–कार्ट, स्केटिङ र टेवलटेनिस सञ्चालनमा छ । फुटसल र क्रिकसल दैनिक ८ घण्टा सञ्चालन हुँदै आएको छ । फुटसल र क्रिकसल खेलका लागि प्रतिघण्टा दिउँसो १ हजार २ सय र साँझ १ हजार ५ सय शुल्क रहेको छ ।

गो–कार्टिङ्ग खेलमा दैनिक ४५/५० जना आउने गरेका छन । विदाको दिन ७५ देखि एक सय सम्म हुने गरेको स्पोर्ट्स जोनका सचिव नवराज काफ्लले बताउनुभयो । गो–कार्ट पूर्व क्षेत्रमै पहिलो पटक विराटनगरमा ल्याईएको हो ।

वर्षदेखि माथि उमेर समूहका लागि हुने यसमा अहिले आकर्षण बढ्दो रहेको काफ्लले बताउनुभयो । स्केटिङमा दैनिक २५÷३० र विदाको दिन एक सय बढीले खेल्ने गरेको उहाँले बताउनुभयो ।

स्पोर्ट्स जोनमा ५ वर्ष मुनीका बालबालिकालाई लक्षित गरेर ‘प्ले जोन’ निर्माणको तयारी छ

स्केटिङको प्रशिक्षक राष्ट्रिय खेलाडी अनिश गुरुङ छन् । स्पोर्ट्स जोनमा टेवलटेनिसको पनि नियमित प्रशिक्षण हुँदै आएको छ ।

आगामी पुस भित्रमा ब्याडमिन्टन र पिकल वलको खेल पनि सञ्चालनको तयारी गरिएको सचिव काफ्लेले जानकारी दिनुभयो ।

स्पोर्ट्स जोनमा अहिले विराटनगर, बुढीगंगा, ग्रामथान, कटहरी र भारत जोगवनीका खेलाडीहरु आउने गरेको अध्यक्ष बजगाइँले जानकारी दिनुभयो । उहाँका अनुशार खेलाडी संख्या बढ्दै गएकाले चाँडै बस सुविधा थप्ने तयारी छ ।

बस सुविधा हुनासाथ जोगवनी, सुनसरी लगायतका स्थानबाट अभ्यासका लागि खेलाडी बढ्ने छन् ।

स्पोर्ट्स जोनमा ५ वर्ष मुनीका बालबालिकालाई लक्षित गरेर ‘प्ले जोन’ निर्माणको तयारी भईरहेको छ । ५ करोडको लागत अनुमान सहित शुरु भएको स्पोर्ट्स जोनको निर्माणमा अहिले सम्म ४ करोड खर्च भईसकेको अध्यक्ष बजगाइँले बताउनुभयो ।