मोरङ, १५ फागुन । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिबिसी विश्व सेवाबाट प्रसारित जेन्जी आन्दोलनको डकुमेन्ट्री हटाउन पत्राचार गरेको बताउनु भएको छ ।
विराटनगरमा आज निर्वाचन सुरक्षा सम्बन्धी अनुगमनमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गदै उहाँले आयोगले हिजो यस सम्बन्धमा पत्र लेखेको जानकारी दिनु भयो ।
आयुक्त भण्डारीले उक्त संस्था विदेशी कानुन अन्तर्गत रहेकोले कुटनीतिक माध्यमबवाट सम्बोधन गर्नुपर्ने भएकोले आजम्ममा निर्णय हुने बताउनु भयो । उहाँले आयोगले निर्वाचन आचार संहिता उल्लङघनका सम्बन्धमा तत्कालै निर्णय गरेको र यस सम्बन्धमा परेका उजरीहरु आगामी फागुन २० गतेसमम निर्णय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
आयुक्त भण्डारीले १६५ निर्वाचन क्षेत्रमा एक हजार निर्वाचन आचार संहिता उल्लङघनको कारवाही मुख्य तथा जिल्ला निर्वाचन कार्यालयले गरेको जानकारी दिनुभयो ।