विराटनगर २१ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन विषयमा देशभरबाट शिक्षकहरूलाई कम सहभागी गराएको भन्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय समिति नेपाल शिक्षक संघ केन्द्रीय समिति नेपाल शिक्षक संगठन केन्द्रीय समिति लगायतले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रेस विज्ञप्ति निकालेर निर्वाचन आयोगलाई मतदान प्रक्रियामा सहभागी शिक्षकहरूको सङ्ख्या बढाउन आग्रह गरेका छन । यसरी विज्ञप्ति निकाल्नेमा नेपाल शिक्षक महासंघ केन्द्रीय समितिका अध्यक्ष लक्ष्मी किशोर सुवेदी महासचिव तुलाबहादुर थापा नेपाल शिक्षक संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्रबहादुर रावल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका संयोजक शंकर अधिकारी लगायतका छन्। उनीहरूले विद्यालय शिक्षक र कर्मचारी हरूलाई विभेद र अपमान नगर्न आग्रह गरेका छन ।
कतिपय निर्वाचन क्षेत्रमा तह र श्रेणी समेत ख्याल नगरी तल्लो श्रेणी र तह का कर्मचारी मातहतमा रहनुपर्ने भएकाले केही शिक्षकहरू मतदान कामकाज बाट असन्तुष्टि हुँदै सहभागी नहुने विज्ञप्ति समेत निकालेका छन ।
कार्यालय सहयोगीको क्षेत्रमा समेत विभेद भएको भन्दै उनीहरूले दुखेसो पोखेका छन् ।