मोरङ रंगेलीको त्रिभुवन माविद्धारा २८ विद्यार्थी सम्मानित

विराटनगर १५ फागुन । मोरङ रंगेलीको त्रिभुवन माविले २८ विद्यार्थीलाई सम्मानित गरेको छ । हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट २८ जना विद्यार्थीलाई विद्यालयले शुक्रबार १-१ सेट जर्सी पुरस्कार स्वरूप प्रदान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, खेल शिक्षक विजय प्रभात खवास लगायतले विद्यार्थीहरूलाई अविर तथा खादा लगाएर सम्मानित गर्नुभयो ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी २८ जना खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा विद्यालयले आगामी दिनमा समेत खेलकुद क्षेत्रमा यसैगरी सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाले गुणस्तरीय तथा अनुशासित भएर खेलकुद प्रति विद्यार्थी हरूलाई ध्यान दिन आग्रह गभयो ।

ेप्रतियोगितामा विभिन्न प्रकारका दौड मा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरू छात्रा भलिबलमा प्रथम हुने विद्यार्थीहरू छात्र भलिबलमा द्वितीय हुने विद्यार्थीहरू लगायत पुरस्कृत भएका छन् ।

पुरस्कार स्वरूप १ सेट जर्सी ग्रहण गर्दै विद्यार्थी पवित्र प्रधानले विद्यालयले विद्यार्थीहरूप्रति देखाएको माया हौसला र स्नेह सदैव सम्मानका लागि प्रदान गरेकोले विद्यालयप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले विद्यालयका शिक्षक तथा विद्यार्थीहरूबाट प्राप्त हौसला नै विद्यालयको नाम राख्न सफल भएको बताउनुभयो ।