निर्वाचन प्रजातन्त्रको गहना हो । आवधिक निर्वाचनले जनताको मन जित्न सक्नुपर्दछ र जनता केन्द्रित विषयवस्तुहरू उठान गर्न सक्नुपर्दछ । प्रजातन्त्र भनेको जनताद्वारा जनताले जनतालाई गरिने शासन हो । अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनका अनुशार लोकतन्त्रमा जनता सर्वेसर्वा हुन् ।
तोकिएकै मितिमा निर्वाचन भए नेपाली जनताको गोप्य राय दलहरूले फागुन २१ गते पाउने नै छन् । नेपाली राजनीतिक दलहरूको इतिहास हेर्दा विसं २००७ सालदेखि हालसम्म त्यति राम्रो देखिँदैन । ठूला पुराना भनिएका दलहरू समेत समय समयमा तीखो आलोचनाबाट मुक्त छैनन ।
लोकतन्त्रमा दलहरूले नै राज्य सञ्चालन गर्ने हुन् । लोकतन्त्रको विकल्प अरु हुन सक्दैन । निर्वाचन आयोगका अनुशार १३७ राजनीतिक दल दर्ता छन् । नेपाल बहुदलीय व्यवस्थामा विश्वास गर्ने राष्ट्र हो । दुर्भाग्य दूरदर्शी राष्ट्रवादी विकासप्रेमी जनता प्रेमी दलहरू हालसम्म पनि फेला पर्न सकेका छैनन । दलहरुले आफुलाई अब्बल भनेपनि जनताले त्यो अनुभूती गर्न सकेको देखिएको छैन ।
पुराना त नयाँ दलहरूको आजभोलि राजनैतिक गतिविधि नजिकबाट निहालेर हेर्दा दुःख लागेर आउँछ । संस्कार ठूला बडा तथा दलका नेताहरुबाट जनताले सिक्नुपर्ने हो । तर राजनीतिक संस्कार दल र नेताहरुले देखाउन अझै सकेका छैनन् ।
भर्खरै मात्र दलहरूले समानुपातिक उम्मेदवार प्रतिनिधिहरूको नामावली निर्वाचन आयोगमा बुझाएका छन । सबै दलका समानुपातिक प्रतिनिधि हेर्दा आफन्तवाद नातावाद कृपावाद धनवाद र डनवाद बाहेक प्रतिनिधि छान्न सकेनन् । एकदलले अर्का दललाई एक नेताले अर्का नेतालाई हिलो छ्यापाछ्याप गर्नु पक्कै गणतन्त्रमा सुहाउँदैन । नेपाली जनताले चाहेका खोजेका रोजेका विषय भनेको विकास स्वास्थ्य, शिक्षा, निःशुल्क रोजगारीको सृजना उद्योग कलकारखाना स्थापना बेरोजगारीलाई भत्ता लगायतका विभिन्न अत्यावश्यक विषयवस्तुहरू हुन ।
अबका केही दिनमा दलहरूले आआफ्नो प्रतिबद्धता पत्र तथा घोषणापत्र सार्वजनिक गर्ने नै छन् । विगतमा पनि गरेकै हुन् । दलहरूको घोषणापत्र अनुसार विगतमा एक प्रतिशत पनि दलहरूले आआफ्नो आफ्नो बाचा पूरा गर्न नसक्नु राजनैतिक बैमानी हो । दलहरू फुट्नु र जुट्नु प्रजातन्त्रमा नौलो कुरा होइन । निश्चित लक्ष्य उद्देश्य सिद्धान्त का आधारमा दलहरु फुट्ने र जुट्ने गरेका हुन्छन् ।
वर्तमान सरकार चाँडोभन्दा चाँडो शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी बहिरगमनको जरुरी देखिन्छ
आफ्नो स्वार्थभन्दा जनताको स्वार्थ देशको स्वार्थलाई दलहरुले प्राथमिकता दिन आवश्यक छ । अर्काे विषय भनेको उमेर भइसकेपछि निजामती प्रहरी सेना शिक्षक सबैले उमेर हदका कारण पदबाट राजीनामा तथा अवकाश पाउँदछन् । तर राजनीतिमा उमेरको हद नहुँदो रहेछ ।
युवालाई मौका दिनुपर्छ समय कहाँ देखि कहाँ पुग्यो डिजिटल युग छ ग्लोबल भिलेज छ । यस्ता विषयमा दलहरुले ध्यान दिन सकेनन् । हुन त संसदीय निर्वाचनको मिति २०८४ मा थियो दुर्भाग्य जेन्जी आन्दोलनको बलबाट दुई वर्ष अगाडि नै सरेर मिसन २०८२ हुन पुग्यो । जे होस् गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका मुख्य मागहरूलाई सबै दलले सम्बोधन गर्न सक्नुपर्दछ । देश सधैँभरि अस्थिर रहन सक्दैन ।
विभिन्न आरोपहरू खेपिरहेको वर्तमान सरकार चाँडोभन्दा चाँडो शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी बहिरगमनको जरुरी देखिन्छ । राजनीतिमा आरोप प्रमाणित हुनुपर्दाे रहेनछ । कतिपयले भने विदेशीको सरकार कतिपय ले भने एनजिओ आईएनजीओको सरकार कतिपयले भने गैर राजनीतिक दलको सरकार जसले जे भनेपनि वास्तविक के हो भने तत्कालीन सरकारमा रहेका दलहरुले जेन्जीका मागहरु पूरा गरेको थियो भने यो अवस्था आउने नै थिएन ।
नेपाल बहुदलीय व्यवस्थामा विश्वास गर्ने राष्ट्र हो । दुर्भाग्य दूरदर्शी राष्ट्रवादी विकासप्रेमी जनता प्रेमी दलहरू हालसम्म पनि फेला पर्न सकेका छैनन ।
जेन्जी समूहलाई ‘हा हा हि हि’ समूह भनेर होच्याउनु हुँदैन थियो । अहिलेका जेन्जी पुस्ता भनेका उमेर समूह १२ वर्षदेखि २८ वर्षसम्मका छन् । जेन्जी पुस्ता डिजिटल प्रणालीमा निकै चाख राख्ने समूह हो । यो समूहलाई विश्वका सबै विषयवस्तु थाहा हुन्छ । त्यसैले यो समूहलाई नजरअन्दाज गर्न मिल्दैन ।
अबको निष्कर्ष भनेको मिसन फागुन २१ । निर्वाचन आयोगले थुप्रै काम अगाडि बढाइसकेको छ । दलहरुले पनि आन्तरिक गृहकार्य गरिरहेका छन । जनताहरू फागुन २१ गते गोप्य मतदान गर्न र आफ्नो प्रतिनिधि छान्न आतुर छन ।
निर्वाचनको वातावरण सरकार दलहरू नागरिक समाज पत्रकार बुद्धिजीवी सबैले बनाउनु नै पर्ने हुन्छ । भयरहित स्वच्छ निष्पक्ष निर्वाचन भएमा सबैको कल्याण हुने थियो । निर्वाचनको विकल्प अरु हुन सक्दैन । जनता जनार्दन भएकाले जनताको राय दल र नेताहरूले स्वागत गर्नुपर्ने ठानिन्छ ।
मतदानको दिन आउन ६१ दिन छ । समय कम छ दल र नेताहरूले निर्वाचनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने आवश्यक देखिएको छ । निर्वाचन पूर्व दल र नेताहरूले एकअर्कालाई नेपाली संस्कार विपरीत गाली गलौज तथा तीखो आलोचना नगरेकै राम्रो ।
वर्तमान अवस्थामा कोहीभन्दा कोही कम छैनन् सबै शिक्षित छन् र सबैले आआफ्ना योग्य जनप्रतिनिधि फागुन २१ गते छान्न सक्दछन् । यसैले अबका दिनहरूमा दल र नेताहरूले फागुन २१ गते लाई मध्यनजर गर्दै निर्वाचन मय वातावरण सिर्जना गरौं नेपालको नेपाली जनताको समाजको समुदायको सबै वर्गको लागि संकल्प गरी देश विकास आर्थिक विकास स्वास्थ्य शिक्षा निःशुल्क बेरोजगारी समस्या हल गर्ने खालका सोचविचार लिएर मिसन २०८२ फागुन २१ गते सफल पारौ ।