विराटनगर २ भदौ । विराटनगरमा ५८ औं राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । आइतबार दिउँसो ४ बजे विराटनगर महानगरपालिका १ मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी भएका छन् । मन्दिर परिसरबाट सुरु भएको रथयात्रा जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट दुर्गाचोक हुँदै मन्दिर परिसरमा पुगेर समापन […]
विराटनगर १ भदौ । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आज ५८ औं संस्करणको रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ । विक्रम […]
विराटनगर १ भदौ । विराटनगरमा आज आइतबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् । एसियाकै दोस्रो ठूलो भनिने यस रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् । नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका […]
विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्ने बताउनु भएको छ । कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन […]
विराटनगर ३० साउन । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं […]