सूचना प्रविधिकाे प्रयाेगमा जाेड

विराटनगर १६ माघ । सूचना प्रविधिको प्रयोगमा सराेकारवालाहरूले जाेड दिएका छन् । कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे मंगलबार विराटनगरमा आयोजना गरिएकाे कार्यक्रममा जाेड दिईएकाे हाे । जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले  सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने […]

क्यान माेरङकाे अध्यक्षमा सुमित

विराटनगर १५ मंसिर । कम्प्युटर एसोसियशन महासङ्घ नेपाल (क्यान) जिल्ला शाखा मोरङको सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा सुमितकुमार साह चयन हुनुभएको छ । क्यान जिल्ला शाखा मोरङको शनिबार दिउसो सम्पन्न सातौ जिल्ला सम्मेलन तथा चौथो जिल्ला अधिवेशनले साहलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। समितिको उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप […]

शिक्षादीप कलेजमा साइवर सुरक्षा सम्बन्धी कार्यशाला, तीन सय विद्यार्थी सहभागि

विराटनगर २५ चैत । शिक्षादीप कलेज विराटनगरले साइवर सुरक्षा तथा ह्याकिङ सम्बन्धी तीन दिने कार्यशाला सुरु गरेको छ । सूचना प्रविधिमा चनाखो तथा अद्यावधिक बनाउने, यस माध्यमबाट स्वदेशमै बसेर विदेशी मुद्राआर्जन गर्न सक्ने तथा संसारका जुनसुकै कुनामा पुगेर पनि यस क्षेत्रमा काम गर्न सक्ने योग्य जनशक्ति तयार गर्ने उद्देश्य लिएर कार्यशाला आयोजना गरिएको हो । […]

प्रविधियुक्त शिक्षामा जेभियर्स स्कुलको जोड, ९ औं बार्षिकोत्सवमा विद्यार्थीले तयार गरेको बेभसाईडको शुभारम्भ

विराटनगर ५ फागुन । मोरङ बुढीगंगा २ टंकीसिनवारीको जेभियर्स इङ्गलिस स्कुलले प्रविधियुक्त शिक्षामा जोड दिएको छ । स्कुलले शिक्षासँगै सीपलाई पनि प्राथमिकता दिएको छ । ८ वर्षअघि स्थापित स्कुलले ९ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ विद्यार्थीले तयार गरेको विद्यालयको बेभसाईडको शुभारम्भ गरि कार्यक्रम शुरुवात गरिएको थियो । आगामी शैक्षिक शत्र २०८१ देखी सीप विकासमा […]

आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण

विराटनगर २६ मंसिर । स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको अभिमुखीकरणमा योजना […]