विराटनगर ५ फागुन । मोरङ बुढीगंगा २ टंकीसिनवारीको जेभियर्स इङ्गलिस स्कुलले प्रविधियुक्त शिक्षामा जोड दिएको छ ।
स्कुलले शिक्षासँगै सीपलाई पनि प्राथमिकता दिएको छ । ८ वर्षअघि स्थापित स्कुलले ९ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ विद्यार्थीले तयार गरेको विद्यालयको बेभसाईडको शुभारम्भ गरि कार्यक्रम शुरुवात गरिएको थियो । आगामी शैक्षिक शत्र २०८१ देखी सीप विकासमा केन्द्रीत रहेर पठन पाठन सञ्चालन गरिने प्रिन्सिपल परेश पोखरेलले जानकारी दिनुभयो । ९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले अभिभावकको विश्वासका कारण १४० विद्यार्थीबाट शुरु भएको स्कुलले ९ वर्षभित्रमा ९ सय विद्यार्थी पुर्याउन सफल भएको बताउनुभयो । स्कुल सञ्चालनमा आएको ४ वर्ष भित्रमा कक्षा १२ सम्मको पठन पाठन सञ्चालन गर्न सफल भएको उहाँको भनाई छ ।
प्रिन्सिपल पोखरेलले भन्नुभयो,‘ गुणस्तरिय शिक्षाका कारण एसईई, प्लस टुमा उच्च स्कोरको अंक विद्यार्थीले ल्याउन सफल भएका छन् ।’ आगामी ५ वर्ष भित्रमा विद्यालयले शिक्षामा आमुल परिवर्तन गर्ने उहाँको दावी छ । स्कुलले अहिले ३ देखि १० सम्म एआई, रोबोटिक्सका कक्षाहरु सञ्चालन गरिरहेको पिन्सिपल पोखरेलको भनाई छ । उहाँले भन्नुभयो,‘ राम्रो र गुणस्तरीय शिक्षामा हामी प्रयासरत छौं ।’ बार्षिकोत्सवको अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राम खत्रीले भोलिका कर्णधारका लागि गुणस्तरीय शिक्षा आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेश सरकारले पनि दिर्घकालिन सोचका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।
मन्त्री खत्रीले स्वास्थ, शिक्षा, कृषि, पर्यटन लगायतका सवै क्षेत्रमा प्रदेश सरकाले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ शिक्षा विना मुलुकको विकास संभव छैन ।’ कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य, गीत, कविता लगायतका विभिन्न प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, लायन्स क्लव ३२५ एवानका पूर्व गर्भनर राजन खत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरिता रानामगर लगायतका व्यक्तिहरुले छोटो समयमा विद्यालयले शिक्षाको क्षेत्रमा ठुलो फड्को मार्न सफल भएको बताउनुभयो । स्कुलले बार्षिकोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफी तथा मेडलहरु वितरण गरेको थियो ।