सूचना प्रविधिकाे प्रयाेगमा जाेड

विराटनगर १६ माघ । सूचना प्रविधिको प्रयोगमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे मंगलबार विराटनगरमा आयोजना गरिएकाे कार्यक्रममा जाेड दिईएकाे हाे ।

जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले  सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेशमै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने बताउनुभयाे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रविधिको प्रयोगलाई महानगरपालिकाले समेत बढाउँदै लगेको बताए । प्रविधिको सचेतना नभएका कारण जनप्रतिनिधिहरूले राम्रो काम गर्दा पनि गाली खानुपरेको उहाँकाे गुनासो छ ।

नेपाल प्रहरीका पूर्वएआईजी भीम ढकालले सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेशमै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने बताउनुभयाे ।

 जेनिस सोलुसनले विराटनगरमै शाखा कार्यालय विस्तार गरेको जानकारी दिँदै आगामी दिनमा सहज रुपमा सेवाग्राहीलाई सूचना प्रविधि प्रयोगबारे जानकारी गराउदै जाने कार्यक्रम संयाेजक कला डाँगीले जानकारी दिनुभयाे । उहाँले स्थानीय तहका वडाहरूले प्रदान गर्ने सेवालाई सूचनाप्रविधि मैत्री बनाउन सहजीकरण गरिने बताउनुभयाे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, सूचना प्रविधि अध्यापन गराउने स्कुल तथा कलेजका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियाे ।