विराटनगर १४ माघ । मोरङमा प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्र छन् । ६ क्षेत्रमा ११० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
मोरङका निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नं. ६ मा दुई पुस्ताबीचको सोच, ऊर्जा र दृष्टिकोणको भिडन्त बनेको छ । यस क्षेत्रमा मोरङ काउम्मेदवारहरुमा सवै भन्दा बढी ७५ वर्ष र सवै भन्दा कम २५ वर्षका उम्मेदवार प्रतिष्पर्धामा छन् ।
७५ वर्षका अनुभवी नेता डा. शेखर कोइराला, अर्काेतिर २५ वर्षका युवा उम्मेदवार वसन्त बुढाथोकी क्षेत्र नं. ६ मा प्रतिष्पर्धा गर्दै छन् । बुढाथोकीलाई जसलाई धेरै मतदाताले आफ्नै घरको नाती, नयाँ युगको प्रतिनिधिका रूपमा हेर्न थालेका छन् ।
निर्वाचनको प्रारम्भिक चरणको घरदैलोमा व्यस्त बनेका बुढाथोकीलाई जेनजी यूवाहरुले राम्रो समर्थन गरिरहेका छन् । क्षेत्र नं. ६ का २० वटै वडामा पहिलो चरणको घरदैलो सम्पन्न गरेर निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारीमा रहेका बुडाथोकीले मनोनयन दर्ता देखिको पछिल्लो एक सातामा राम्रो समर्थन पाएको बताएका छन् ।
उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएका बुढाथोकीको चुनाव चिह्न ‘चिम’ (बलिरहेको बिजुलीको बत्ती) अहिले मोरङ–६ का युवामाझ आशा र परिवर्तनको प्रतीक बन्दै गएको देखिन्छ ।
वसन्त बुढाथोकी परम्परागत नेताजस्तो मञ्चमा सीमित छैनन । उनी गाउँ–टोल, चोक–चौतारी, युवाको भिड, आमाहरूको भेलामै पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन । “म राजनीति गर्न होइन, तपाईंहरूको समस्या बोक्न आएको हुँ,” भन्ने उनको सन्देशले मोरङ–६ मा नयाँ आशा जगाएको छ ।
बेरोजगारी, वैदेशिक पलायन, गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचारको पहुँच र स्थानीय रोजगारीका मुद्दालाई वसन्तले चुनावी नारामा मात्र होइन, कार्यान्वयनयोग्य एजेन्डाका रूपमा अघि सारेका छन्। यही कारणले युवामात्र होइन, अभिभावक पुस्ताको विश्वाससमेत क्रमशः उनीतर्फ बढ्दै गएको देखिन्छ ।
उता लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय शेखर कोइरालाले आफ्नो अनुभव र पुरानो राजनीतिक पहिचानलाई आधार बनाएर चुनावी मैदानमा छन । तर स्थानीय तहमा देखिएको माहोलले मोरङ–६ मा परम्परागत अनुहारभन्दा नयाँ सोचप्रति आकर्षण बढ्दै गएको संकेत गर्छ ।
विशेषगरी सामाजिक सञ्जालमा बुढाथोकीको सक्रियता, सरल भाषा र जवाफदेही शैलीले उनलाई न्भल–श् मात्र होइन, सबै पुस्ताको साझा आवाजका रूपमा उभ्याएको छ । उनले भने,‘ मोरङ–६ का मतदाताले निर्णय गर्नेछन् । हिजोको निरन्तरता रोज्ने कि भोलिको नेतृत्वलाई मौका दिने ? यो चुनाव केवल हजुरबुबा–नातीको तुलना होइन, भविष्यको मोरङ–६ कसले नेतृत्व गर्ने भन्ने ऐतिहासिक निर्णयको घडी बनेको छ ।’