क्यान माेरङकाे अध्यक्षमा सुमित

विराटनगर १५ मंसिर । कम्प्युटर एसोसियशन महासङ्घ नेपाल (क्यान) जिल्ला शाखा मोरङको सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

अध्यक्षमा सुमितकुमार साह चयन हुनुभएको छ । क्यान जिल्ला शाखा मोरङको शनिबार दिउसो सम्पन्न सातौ जिल्ला सम्मेलन तथा चौथो जिल्ला अधिवेशनले साहलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

समितिको उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाईं, सह-सचिवमा नवीन यादव र कोषाध्यक्षमा सुजित झा सदस्यहरुमा पर्वतराज झा, आशिस धनावत, दिपेन्द्र दुगड, स्वपनिल कार्की निर्विरोध चयन हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला शाखा समिति मोरङका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता नवराज दाहलज्युले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

जिल्ला सम्मेलनमा क्यान महासघका केन्द्रीय सचिव ठाकुर कुमार श्रेष्ठ, प्रदेश सचिव यज्ञराज दाहाल (नवराज), सुनसरी क्यान निवर्तमान अध्यक्ष सन्देश राई तथा मोरङ वार असोसिएशनका उपाध्यक्ष अधिवक्ता नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्यान महासघ मोरङमा आवद्ध सदस्य तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्यान महासघ मोरङको जिल्ला शाखा समितिमा यसअघि प्रवीण कुण्ड्लियाअध्यक्ष हुनुहुन्थ्यो ।