विराटनगर ३० चैत । सत्यनारायण मावि विराटनगरले २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । कक्षा ६–१२ सम्मका उत्कृष्ट ७ छात्रा, गरिव तथा जेहन्दार र अनुशासित गरि २० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो । उत्कृष्ट ७ छात्रालाई नगद ११/११ हजार, ९ र १० का गरिव, जेहन्दार र अनुशासित ७ जना छात्र–छात्रालाई ५/५ हजार र कक्षा […]
विराटनगर २९ चैत । कोशी प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारत सरकार समक्ष आग्रह गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुने गरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले मनमोहन […]
विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश सरकार र स्थानीय सरकारले शिक्षा सवालमा कार्य गर्न नसकेको बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य तथा वातावरण अधिकारका सवालमा प्रदेशस्तरीय छलफल कार्यक्रममा सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा संविधानले शिक्षाका विषयमा परिकल्पना […]
विराटनगर २९ चैत । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल […]
विराटनगर २९ चैत । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्वबजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले आज सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन […]