शिक्षादीपद्वारा मोरङ रंगेलीका अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर ५ चैत । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहतस्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । आज शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि सो राहत सामग्री वितरण गर्नुभएको हो । प्रत्येक विद्यार्थीलाई एउटा […]

महानगर रोजगार मेलामा ४१ सयको आवेदन, ५ सयभन्दा बढीलाई रोजगारी सिर्जना

विराटनगर ४ चैत । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । […]

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेश अध्यक्षमा कार्की निर्वाचित

विराटनगर ३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित […]

राष्ट्रिय टी–२० क्रिकेटको उपाधि आर्मीलाई

विराटनगर ३ चैत । विराटनगरमा आज सम्पन्न प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगद ३ लाख रुपैयाँ हात पारेको छ । […]

कोशी प्रदेश नेशनल टी–२० को उपाधिका लागि आज आर्मी र कर्णाली भिड्दै

विराटनगर ३ चैत । विराटनगरमा जारी कोशी प्रदेश नेशनल टी २० च्याम्पियन्सीपको उपाधि भिडन्त त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दैै कर्णालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । यससंगै शनिबार हुने ५ लाख रुपैया र उपाधिका लागि च्याम्पियन्सीपमा अपराजित यात्रा गरिरहेको […]