विराटनगर २ चैत । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरि २ […]
विराटनगर १ चैत । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले बताएको छ । सुनसरीको धरानबाट भोजपुरको घोडेटार […]
विराटनगर १ चैत । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको आज सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रतियोगिता अन्र्तगत आज सम्पन्न पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । समुह ए बाट एक खेल अगावै आर्मी ८ अंकका साथ […]
विराटनगर ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा १५७ मत प्राप्त गरी उहाँले विश्वासको मत लिनुभएको हो । २६८ जना सांसदहरु रहेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धि प्रस्तावको विपक्षमा ११० मत र […]
विराटनगर ३० फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले विहिबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु […]