विराटनगर १७ कात्तिक । अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
मोरङको कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रजातन्त्र माध्यामिक विद्यालय कटहरी–६ प्रथम भएका छन् । भने दोस्रो जनता माध्यामिक विद्यालय कटहरी–७ र लक्ष्मी आधारभूत विद्यालय कटहरी–७ तेस्रो भएका छन् ।
पुरस्कृत हुने विद्यालयका विद्यार्थीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले शिल्ड कपलगायत प्रमाण–पत्र र मेडल प्रदानगर्नुभयो । उहाँले प्रमाण–पत्र र मेडल प्रदान गर्नु हुँदै खेल क्षेत्रको विकास गर्नका लागि पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनउनुभयो ।
युवाहरुलाई राष्ट्रिय, अन्तृराष्ट्रिय खेलाडी बनाउन पालिकाले गर्नुपर्न सहयोगमा कुनै पनि कमी हुन नदिने अध्यक्ष चोधरीले बताउनुभयो ।
अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनता माध्यामिक विद्यालय तकिया, जनप्रिया माध्यामिक विद्यालय कटहरी, प्रजातन्त्र माध्यामिक विद्यालय भोडाहा, सुन्दर आधारभूत कटहरी ५, श्री आधारभूत विद्यालय खैरवना, भगवती आधारभूत कटहरी–७, लक्ष्मी आधारभूत कटहरी–७, सरस्वती आधारभूत कटहरी–६,रामजानकी आधारभूत कटहरी–६,अमर आधारभूत विद्यालय कटहरी–७, पशुपति शिक्षा मन्दिर कटहरी–१ ध्रुवतारा सेकेण्डरी स्कुल कटहरी–२ क्रिमसन नेशनल पब्लिक स्कुल कटहरी–४ र मोर्डन इस्टर्न स्टार स्कुल कटहरी–७ गरी १४ वटा विद्यालय सहभागिता जनाएको शिक्षा शाखाका प्रमुख दोर्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा भलिवल, कब्डी, दौड प्रतियोगिता र ज्याबलिङ लङ जम्प, रिले खेललगायतका खेलहरु सञ्चालन गरेको शिक्षा शाखा प्रमुख पोखरेलले बताउनुभयो ।