कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तीका लागि आज सांसदहरुको हस्ताक्षर सनाखत गरिदै

विराटनगर २७ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत भोलि (शनिबार) गर्ने निर्णय गर्नुभएको   छ । मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मका लागि दिइएको समय घर्किएपछि प्रदेश प्रमुख खापुङले कानून परामर्श गरेपछि शनिबार बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने निर्णय गर्नुभएको हो […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की र आङ्बोको दावी पेश

विराटनगर २५ असोज । कोशी प्रदेशमा सत्ता गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की […]

कांग्रेस दलका उपनेता हिमाल कार्कीद्धारा राजीनामा

विराटनगर २५ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिनु भएको छ । उहाँले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिनुभएको हो । उहाँले उपनेताको जिम्मेवारी आजको दिनबाट निभाउन नसक्ने भन्दै उप नेताबाट राजीनामा दिनुभएको हो । हाँले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताउनुभएको छ ।

जनार्दन मैनाली पत्रकारिता पुरस्कार अधिकारीलाई

विराटनगर २५ असोज । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आईरहेको पुरस्कार यस वर्ष अधिकारीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार ५ सय रुपैयाँ रहेको छ । पत्रकार अधिकारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गर्नु भएको थियो । […]

राजनीतिक अस्थिरताको बिजारोपण कांग्रेसले गरेको मुख्यमन्त्री कार्कीको आरोप

विराटनगर २५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य राजनीतिक अस्थिरताको बिजारोपण नेपाली कांग्रेसले गरेको आरोप लगाउनु भएको छ । आज विराटनगरमा जर्नादन मैनाली स्मृती पत्रकारीता पुरस्कार समर्पण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक संकट समाधान कांग्रेसले गर्न सक्ने भए पनि गर्न नचाहिरहेको बताउनु भएको हो । कार्कीले कोशी प्रदेश सरकारको […]