बाल संसारमा विज्ञान प्रर्दशनी

विराटनगर २१ माघ । बाल संसार इङ्लिस बोर्डिङ स्कुल विराटनगरमा आज विज्ञान प्रदर्शनी गरिएको छ । सरस्वती पुजाको अवसर पारि विद्यालयले आज एक दिने विज्ञान प्रर्दशनी कार्यक्रम गरेको छ ।

विद्यालय विभिन्न समूह बनाएर विद्यार्थीले तयार गरेका हस्तकलाका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीले बनाएका सामग्रीहरुको अवलोकन गरि अभिभावकहरुले मन परेको समूहलाई भोटिङ गर्ने पनि विद्यालयले प्रवन्ध गरेको थियो ।

विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्ने अवसरका रुपमा हरेक वर्ष सरस्वती पुजाका अवसरमा विज्ञान प्रदर्शनी गरिदै आईएको स्कुलको कोअर्डिनेटर सुमन तामाङले जानकारी दिनुभयो ।

स्कुलले सरस्वती पुजा, नयाँ भर्ना भएका विद्यार्थीहरुको अक्षराम्भ कार्यक्रम, नृत्य लगायतका कार्यक्रमहरु गरेको कोअर्डिनेटर तामाङले जानकारी दिनुभयो ।