विराटनगर– २०७४ मंसिर १० र २६ मा प्रदेश सभा निर्वाचन पछि प्रदेश कार्यपालिका र व्यवस्थापिका गठनको प्रक्रिया शुरू भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि २०७४ माघ २ गते नेकपा एमालेका शेरधन राई तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त भए । राईपछि कोशी प्रदेशमा पाँचजना मुख्यमन्त्री भएका छन् । एमालेबाट राई, भीम […]
विराटनगर २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले राजीनामा दिनु भएको हो । आज पत्रकार सम्मेलन गरी उहाँले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउनु भएको छ । थापाले […]
विराटनगर २७ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत भोलि (शनिबार) गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मका लागि दिइएको समय घर्किएपछि प्रदेश प्रमुख खापुङले कानून परामर्श गरेपछि शनिबार बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने निर्णय गर्नुभएको हो […]
विराटनगर २५ असोज । कोशी प्रदेशमा सत्ता गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की […]
विराटनगर २५ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिनु भएको छ । उहाँले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिनुभएको हो । उहाँले उपनेताको जिम्मेवारी आजको दिनबाट निभाउन नसक्ने भन्दै उप नेताबाट राजीनामा दिनुभएको हो । हाँले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताउनुभएको छ ।