नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको भवन शिलान्यास

विराटनगर २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको भवन आज शिलान्यास गरिएको छ । मोरङको बुढिगंगा गाउँपालिका २ स्थित टंकिसिनवारी चौक नजिक निर्माण गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति भवनको शिलान्यास गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले भूमिपुजन गरेर भवनको शिलान्यास गर्नुभएको छ ।

२ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अढाई तल्ले भवन निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा भवन निर्माणका लागि अध्यक्ष राजेन्द्र राउतल महासंघ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) लाई २१ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । अध्यक्ष राउतले ३ बर्षे कार्यकाल मध्ये २ बर्षे कार्यकाल सकिसकेको र बाँकी रहेको १ बर्षको कार्यकालमा महासंघको भवनको निर्माण गर्ने कार्य पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराल र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।