विराटनगर २१ माघ । विराटनगर–११ स्थित बालकल्याण विद्यामन्दिर मावि (बीकेभीएम) मा विभिन्न कार्यक्रम गरि सरस्वती पूजा गरिएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुदैं आएको विद्यालयमा ४ हजार ५ सय बढि विद्यार्थी अध्ययन गर्दै आएकाछन् । अध्ययनसंगै विद्यालयले खेलकुद, हाजिरीजवाफ, र अन्य विषयमा समेत विद्यार्थीहरुलाई अभ्यस्त गराँउदै आएको छ । विद्यालयमा अध्ययन गरेका सृजन घिमिरेलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले उत्कृष्ठ विद्यार्थी पुरस्कार २०८१ ले सम्मानित भएका थिए ।
त्यसैगरि, पिइए इन्जिनियरिङ र हाजिरीजवाफ प्रतियोगिता २०२५ का लागि मोरङ सुनसरीबाट विद्यालयको कक्षा १२ मा अध्ययनरत यशराज साह, र दुर्गेश खर्गले दोस्रो स्थान हासिल गर्दै काठमाडौंमा हुने अन्तिम चरणको लागि छनोट भएकाछन् ।