बाल संसारका विद्यार्थीलाई विराट एक्स्पोको भ्रमण

विराटनगर २० माघ । बाल संसार ईङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई विराटनगरमा जारी विराट एक्स्पोको भ्रमण गराईएको छ । शुक्रबार स्कुलले कक्षा एलकेजी र युकेजीका विद्यार्थीलाई एक्स्पोको भ्रमण गराईएको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई एक्स्पोमा राखिएका ब्यापारिक स्टलहरु, शिक्षा, विज्ञानसँग संवन्धित स्टलहरु लगायतको अवलोकन गराईएको स्कुलका शिक्षक सुमन तामाङले जानकारी दिनुभयो । विद्यार्थीले हरेक स्टलहरुका बारेमा जानकारी लिएको उहाँले बताउनुभयो ।
विद्यालयले पठन पाठनसँगै समय–समयमा विद्यार्थीलाई विभिन्न क्षेत्रहरुको भ्रमण, बनभोज लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।

स्कुलमा पिजी देखि कक्षा ५ सम्म विद्यार्थी अध्ययन गर्दै आएका छन् ।