महिलाहरुको नीतिगत तहमा नेतृत्व र पहुँच स्थापित गराउन सकिए भ्रष्टाचार नियन्त्रण : मुख्यमन्त्री कार्की

विराटनगर २५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिलाहरुको नीतिगत तहमा नेतृत्व र पहुँच स्थापित गराउन सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताएका छन् । वुधवार विराटनगरमा आयोजना गरिएको महिलाको राजनैतिक सहभागिता सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले उपपदमा मात्र महिलाहरु सिमित रहेको बताउदै महिलाहरुलाई पनि नेतृत्व दिनु पर्ने धारणा राखे । उनले एमालेका कारण […]

महिला उद्यमीलाई सहज तरिकाले उद्योग संचालन गर्न राज्यको सहयोग आवस्यक

 विराटनगर, २५ जेठ । कोही प्रदेश भरि छरिएर रहेका महिला उद्यमीहरुलाई सहज तरिकाले उद्योग संचालन गर्न राज्यले महत्वुर्ण स्थान दिएर सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार विराटनगरमा छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै सहभागिहरुले महिलाहरुले गरेको अनौपचारिक योगदानको कदर नहुने गरेको गुनासो गरे […]

२०८२ लाई कोशी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर २५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले वि.स. २०८२ लाई कोशी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको बताउनु भएको छ । उहाँले बैशाखमा अन्तर्राष्ट्रिय गुराँस महोत्सवको आयोजना गरेर यसको सुरुवात गरिने बताउनुभयो । नेपाल पर्यटन बोर्डको आयोजनामा सुनसरीको इटहरीमा आजदेखि सुरु भएको तीनदिने इस्टर्न ट्राभल मार्ट २०२४ को उद्घाटन गर्दै उहाँले […]

कोशी प्रदेशमा विभिन्न १२ वटा खेलकुद प्रतियोगिताको तयारी

विराटनगर २३ जेठ । कोशी प्रदेशमा विभिन्न १२ वटा खेलकुद प्रतियोगिता आयोजना गर्न तयारी थालिएको छ । प्रदेश खेलकुद विकास बोर्डले बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानका बारेमा जानकारी दिएको छ । बोर्डको आयोजनामा हुने सबै प्रतियोगिता असार १५ गतेभित्रमा सम्पन्न भइसक्ने छन् । केही प्रतियोगिता असार लाग्नसाथ र केही असार […]

ट्राफिक व्यवस्थापन समितिद्वारा महानगर प्रमुख कोइरालालाई अध्ययन प्रतिवेदन हस्तान्तरण

विराटनगर २३ जेठ । विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको हो । महानगरले गठन गरेको ट्राफिक व्यवस्थापन समितिले मेयर नागेश कोइरालालाई अध्ययन प्रतिवेदन बुझाएको छ । महानगरले यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका तीर्थेन्द्र […]