हुलाकी राजमार्ग : मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का तोडियो

विराटनगर २३ मंसिर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सूचना मंगलबार जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक […]

प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस

विराटनगर २३ मंसिर । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो । नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो । यसअघि मोरङ–३ […]

मतदाता नामावली अद्यावधिक गरि पठाउन स्थानीय तहलाई पत्राचार

विराटनगर, २२ मंसिर । मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशले बसाई सरी गएका तथा मृत्यू भएका तर मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिहरुको नाम एक साता (मङ्सिर २८ गते) भित्र जिल्ला निर्वाचन कार्यालयमा पठाइ सक्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशका निमित्त प्रदेश निर्वाचन अधिकारी चाेलाराज दङ्गालका […]

प्याब्सन स्पोर्टस् मिटमा उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

विराटनगर २२ मंसिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोट्र्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधी जित्ने खेलाडीहरु र खेलका प्रशिक्षकहरुलाई सम्मान […]

पुस ९–१९ सम्म विराट ट्रेड एक्स्पो हुने

विराटनगर २२ मंसिर । मोरङ उद्योग ब्यापार संघ विराटनगरले आगामी पुस दोश्रो सातादेखि अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । विराटनगर–१, जिल्ला प्रहरी कार्यालय मोरङ नजिक पुस ९ गतेदेखि १९ सम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको […]