ग्रेडेड स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर १९ साउन । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा प्रथम त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला , हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ । विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र ब्रिज , सूर्य र चन्द्र ग्रहण , स्मार्ट सिटी , सेक्युरिटी हाउस, म्याग्नेटिक इन्डक्सन, वाटर […]

कोबास कलेजले भन्यो– बैक, वित्तिय संस्थामा हाम्रा विद्यार्थी पुगेका छन्

विराटनगर १९ साउन । कोबास कलेज विराटनगरमा अध्ययन गरेका विद्यार्थी बैंक तथा वित्तिय संस्थाहरुमा पुगेको कलेजले जनाएको छ । नेपालका बैंक तथा वित्तिय संस्थाका साथै विदेशमा पनि व्यवस्थापनको क्षेत्रमा राम्रोसँग काम गरेर हाम्रा विद्यार्थी बसेको कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले जानकारी दिनुभयो । कलेजले आज विराटनगरमा आयोजना गरेको २९ औं ब्याचका ३५० नयाँ विद्यार्थीको स्वागत तथा […]

खेलकुद महासंघ विराटनगरद्धारा भदौ महिनामा गरिने कार्यक्रम सार्वजनिक

विराटनगर १९ साउसन । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार विराटनगर स्थित नेकपा एमालेको कोशी प्रदेश कार्यलय पाञ्चलीमा महासंघका विराटनगर कमिटीको प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । महासंघ विराटनगर महानगर कमिटीको अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न बैठकले भदौ महिनामा संगठन प्रशिक्षण कार्यक्रम , […]

विद्यार्थी परिषद्ले इलाम र झापासहित १६ जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने

विराटनगर १९ साउन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरीका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौं, रसुवा, रामेछाप, पवर्त, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी […]

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुति कार्यशाला

विराटनगर १८ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले बर्षायाममा हुन सक्ने जोखिमबाट बच्नको लागि पुर्वतयारी तथा प्रतिकार्य योजना कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुति कार्यशाला गोष्ठीको आयोजना गरेर बर्षा याममा हुन सक्ने जोखिम एवं धनजनको सम्भावित क्षति न्युनिकरणका लागि पुर्वतयारी एवं […]