विराटनगर आएर पोखरेलीले दिए अंग्रेजी नयाँ वर्षमा पोखरा घुम्ने निम्तो

विराटनगर २८ मंसिर । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखरामा विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष डिसेम्बर २८ देखि सुरु हुने भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलनमा पोखरा सडक महोत्सवबारे जानकारी दिइएको हो । आयोजकले अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा सहभागी हुन पूर्वेलीलाई निम्तो दिएका छन् । […]

जंगली जनावरको बढ्दो प्रकोप र यूवा जनशक्ति विदेश पलायनसँगै खाध्यान्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दो

विराटनगर, २८ मंसिर । बाँदर लगायत जङ्गली जनावरहरुको बढ्दो प्रकोप र युवा जनशक्तिको विदेश पलायनसँगै कोशी प्रदेशमा पछिल्ला वर्षहरुमा प्रमुख खाद्यन्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दै गएको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको विगत चार आर्थिक वर्षको कृषि बाली सम्बन्धी तथ्याङ्कले प्रमुख खाद्यन्न बालीको रुपमा रहेको धान, मकै, गहुँ, कोदो र […]

कांग्रेस नेता उपाध्यायको निधन

विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय (ढुङ्गेल) को निधन भएको छ ।  मुखको क्यान्सरबाट पीडित उहाँको ह्याम्स अस्पताल काठमाडौंमा गएराती निधन भएको हो । पूर्व शिक्षा तथा खेलकुद मन्त्री समेत रहनु भएका उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुई पटक २०५६ उपनिर्वाचन र २०६४ को पहिलो संविधानसभामा निर्वाचित […]

कोशी प्रदेशमा धान उत्पादन घट्यो

विराटनगर, २७ मंसिर । गत आर्थिक वर्ष २०८१–०८२ को तुलनामा चालू आर्थिक वर्ष २०८२–०८३ मा कोशी प्रदेशमा धान उत्पादनमा गिरावट आएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार गएको आ.व. २०८१-०८२ को तुलनामा चालू आब २०८२-०८३ करिब ५२ हजार मेट्रिक टन धान उत्पादन घटेको हो । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार गत आर्थि वर्षमा प्रदेशभर […]

शिक्षादीप कलेज विराटनगरका विद्यार्थीद्धारा रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार

विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार गरि प्रर्दशनी गरेका छन् । कार्यशालाको अन्तिम दिन आज विद्यार्थीले प्रर्दशनी गरेका हुन् । कार्यशाला समापन कार्यक्रममा प्रिन्सीपल ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोडहिमालय र पीसीपीएससँग सहकार्य गरेर आईटीको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । शिक्षादीपका विद्यार्थी लगनशिलताले गुगलको […]