सहभागिता र प्रतिनिधित्वको अधिकारबारे नेत्रहिन यूवा संघ मोरङद्धारा सरोकारवालाको ध्यानाकर्षण

विराटनगर १५ साउन । नेत्रहिन यूवा संघ मोरङले राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकारबारे सरोकारवालाको ध्यानाकर्षण गराएको छ । राजनीतिक दलमा अपाङ्गता भएको व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाली मार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न संघले माग गरेको छ […]

कोशीमा संयुक्त सरकार बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर, १४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनु भयो । […]

अपाङगता भएका ब्यक्तिको अधिकार विषयक अन्तर्राष्ट्रिय महासन्धीको अनुगमन प्रतिबेदनमाथी छलफल

विराटनगर १४ साउन । अपाङगता भएका ब्यक्तिको अधिकार विषयक अन्तर्राष्ट्रिय महासन्धी २००६ को अनुगमनको प्रतिबेदनमाथी विभिन्न सरोकारवाला संघ संस्थाहरुसंग छलफल गरिएको छ । बिराटनगरमा आईतबार राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेशले एक कार्यक्रमको आयोजना गर्दै बन्न लागेको अन्तर्राष्ट्रिय महासन्धिको प्रतिबेदनमा कस्त–कस्ता हक अधिकार समाबेश गर्न सकिने कुरामा बृहत छलफल गरेको हो । राष्ट्रिय अपाङग महासंघ […]

बाँतर सरदार समाजको आयोजनामा लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम

विराटनगर १४ साउन । सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा नेपाल बाँतर सरदार समाजले आयोजना गरेको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । कटहरी–६ स्थित ढेलाखोकी टोलका युवा युवतीहरुलाई सजग गराउने उदेश्यले लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना गराएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विद्ययान्नद माझीले अहिले पनि लैंगिक हिंसा, लागु […]

समाज सेवामा लायन्स क्लवकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर १२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना कार्यक्रममा मुख्यमन्त्री कार्कीले क्लबले  समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड   दिनुभयो । मुख्यमन्त्री कार्कीले राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने […]