प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस

विराटनगर २३ मंसिर । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस भएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो । नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।

यसअघि मोरङ–३ बाट डा. सुनिल शर्माको नाम एकल सिफारिस भएको थियो ।