मानव अंगसहित भारतीय नागरिक पक्राउ

विराटनगर, २९ चैत । मानव अंग सहित विराटनगरबाट एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीका प्रहरी निरीक्षक प्रभातकुमार गौतम नेतृत्वको टोलीले भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई बिहान ११:४० बजेतिर पक्राउ गरेको हो । सिन्हालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ रानी नाकाको […]

निर्वाचनको रकेट गन्तव्यमा पुर्याउनु छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर, २९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिनु भएको छ । निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोक्न वा त्यसको दिशा परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रक्षेपण […]

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भयो : पूर्वप्रधानमन्त्री खनाल

विराटनगर, २९ चैत । नेकपा एकीकृत (समाजवादी)का सम्मानित नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस अघि वनेको ४२ महिने सरकारका कारण मुलुकमा अहिलेको वेथिती सृजना भएको र आर्थिक सङ्कट आइनसकेको प्रष्टपार्नुभयो । पूर्वप्रधानमन्त्री खनालले स्थानीय […]

स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्वदायी पद सुनिश्चितताको माग

विराटनगर, २८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्वदायी पद सुनिश्चितता लगायतका ९ बुँदे माग गर्दै राजनीतिक दलका नेताहरुको आज ध्यानाकर्षण गराईएको छ । ओरेक विराटनगरको नेतृत्वमा महिला मानव अधिकार रक्षक सञ्जाल, स्थानीय तहमा रहेका महिला फेडेरेसनहरु, महिला अपाङ्ग महासंघ, महिला अधिकारकर्मी लगायतको टोलीले महिलाको नेतृत्वदायी पद सुनिश्चितताका लागि सोहि अनुसार राजनीतिक दलबाट बिना […]

मोरङबाट सबै इलाका प्रहरी प्रमुखको सरुवा

विराटनगर, २८ चैत । मोरङबाट एकै पटक सबै इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखको पनि सरुवा भएको छ । मोरङमा ‘क’ श्रेणीका ७ वटा इलाका प्रहरी कार्यालय छन् । ७ वटामध्ये एउटामा डिएसपी (प्रहरी नायव उपरीक्षक) र ६ वटामा इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्व छ । मोरङका इलाका प्रहरी कार्यालयमध्ये […]