विराटनगर १ मंसिर । अन्तरराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा अर्किड कलेज विराटनगरले आज विहान मिनि म्याराथन प्रतियोगिता आयोजना गरेको छ ।
संसारीमाईस्थान, ट्राफिक चोक, गोल्छा चोक, सिडियो कार्यालय, वीरेन्द्र सभागृह हस्पिटलचोक, जलजला चोक हुँदै म्याराथनका प्रतियोगीले ५ किलोमिटर दुरी पार गरेका थिए
प्रतियोगितामा छात्र तर्फ मुकेश नुनियाँ प्रथम, प्रज्वल कार्की दोश्रो र सौरभकुमार सरदार तेश्रो भएका थिए ।
छात्रा तर्फ शर्मिला मोक्तान प्रथम, निरीता राजवंशी दोश्रो, कृतिका ऋषिदेव तेश्रो भएको अन्र्तराष्ट्रिय एथलेट अनिरुद्ध चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताहरुले नगद ३ हजार, २ हजार र १ हजार, ट्रफी वितरण गरिएको कलेजका प्रिन्सीपल मनिस भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकाल, निर्देशक दिपेश बाँस्तोला लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कक्षा ११ र १२ का २५० विद्यार्थी सहभागि भएका थिए ।