विराटनगर, २२ मंसिर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताउनु भएको छ । पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उहाँले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताउनुभयो । ‘कसैको पनि बहुमत आएन ।
अस्थिरताको चिन्ता बढेको छ । यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाउन आफु पहल गर्ने छु ,’ गच्छदारले भन्नुभयो । उहाँले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताउनुभयो । शेरबहादुर देउवाले नचाहे सम्म पुस्तान्तरण नहुने समेत उनले बताउनुभयो ।