राजविराजले जित्यो टी–२० मेयर कपको उपाधि

विराटनगर, २६ चैत । प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले हात पारेको छ । विराटनगर महानगरपालिका–१९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि उचालेको हो । उपाधि भीडन्तमा टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ […]

मार्टस मेमोरियल स्कुलद्धारा एसईई परीक्षामा सामेल हुने ३६ विद्यार्थीको विदाई

विराटनगर, २६ चैत । विराटनगर–१० मा रहेको मार्टस मेमोरियल स्कुलले एसईई परीक्षामा सामेल हुने ३६ जना विद्यार्थीलाई आज विदाई गरेको छ । कक्षा ९ का विद्यार्थीले आयोजना गरेको विदाई समारोहमा विद्यालयका अध्यक्ष नविन अधिकारी, निर्देशक यादवराज कोइराला, लेखा प्रमुख रोशन ठाकुर, प्रिन्सिपल विजयी डाँगी तथा शिक्षक शिक्षिकाले विद्यार्थीहरुलाई मायाँको चिनो तथा अविर लगाई विदाई गरेका […]

डा. यादवका आफन्तद्धारा न्यायको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, २६ चैत । गत चैत १९ गते विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका नोबेल अस्पतालका चिकित्सक डाक्टर बिजय यादवका आफन्त तथा स्थानियले विराटनगरमा प्रदर्शन गरेका छन । उनीहरुले डाक्टर यादवको हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा उभ्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । पीडित पक्षले डाक्टर विजय यादव न्याय संघर्ष […]

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २६ चैत । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिवार बिहान पहाडी भूभागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य […]

कविता प्रतियोगितामा कान्तिपुर कलेजकी पोखरेल प्रथम

विराटनगर, २६ चैत । विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपाकरुणा पोखरेल प्रथम भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबार आयोजित प्रतियोगितामा ‘रक्तिम कथा’ शीर्षकको कविता वाचन गरेर पोखरेल प्रथम भएकी हुन् । त्यस्तै भानु कलेजकी निष्ठा बस्नेतले ‘मूल्य कति ?’ शीर्षकको कविता वाचन गरेर द्वितीय […]