पत्रकार सरदार सम्मानित

विराटनगर १ मंसिर । मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार नगदसहित सम्मानित हुनुभएको छ ।

विराटनगर स्थित लायन्स क्लव अफ विराटनगर ग्रिनसिटी र युनिकले आयोजना गरेको पदभार ग्रहण कार्यक्रमका बीच मकालुकर्मी सरदार आईतवार राती सम्मानीत हुनुभएको हो ।

क्लबले सरदारलाई संस्थाले आयोजना गर्दैआएको हरेक सामाजिक काममा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेको क्लबका अध्यक्ष श्यामलाल पौडेलले जानकारी दिनुभयो ।

सम्मानित भएका सरदारलाई लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ सि का डिस्ट्रिक गभर्नर बबरजंग थापाले दोसला, सम्मान पत्र र नगद सहित सम्मान गर्नुभयो ।

पत्रकार सरदारलाई सम्मान गर्नुहुँदै लायन्स क्लबले आयोजना गर्दै आईरहेको विभिन्न सामाजिक काममा सामाचरको माध्यमबाट सहयोग पुर्याउनुभएकोमा सम्मानीत पत्रकार सरदारलाई बधाई सहित अगामीदनमा पनि समाजका लागि कलम चलाउन उहाँले सुझाव दिनुभयो ।

आईतवारदेखि २०२५/०२६ का लागि लायनस क्लव अफ विराटनगर ग्रिनसिटीको अध्यक्ष पदमा चन्द्र बुढाथोकीले पदभार ग्रहण गर्नुभएको छ । यसअघि क्लबको अध्यक्ष पदमा श्यालाल पौडे्ल रहनुभएको थियो । त्यस्तै २०२५/०२६ का लागि लायनस क्लव अफ विराटनगर युनिकका लागि विकास भण्डारीले पदभार ग्रहण गर्नुभएको छ ।

यस अघि क्लबका अध्यक्षमा पुष्प कटुवाल रहनुभएको थियो । कार्यक्रममा २०२५/०२६ का लागि लायनस क्लव अफ विराटनगर ग्रिनसिटी लियोका अंकुश बुढाथोकीले पदभार ग्रहण गर्नुभएको छ । भने यस अघि लियो क्लबका अध्यक्षमा प्रफुल दाहाल रहनुभएको थियो ।

२०२५/०२६ का लागि लायनस क्लव अफ विराटनगर युनिक लियो क्लबका अनुज कार्की पदभार ग्रहण गर्नुभएको छ । भने यस अघि युनिक लियो क्लबका अध्यक्षमा अबिसा निरौला रहनुभएको थियो । पदभार ग्रहण कार्यक्रमका बीच लियो भाईबहीनहरुले नृत्य प्रस्तुत गरेका थिए ।

२०२५/०२६ का लागि नयाँ अध्यक्षहरुलाई पँचेबाजा र अभिभावकलाई सम्मान सहित उनीहरुलाई मञ्च तर्फ ल्याएर आयोजकले स्वागत, सम्मान गरेका थिए ।

कार्यक्रममा लयान्स क्लबका लिर्डसहरुले शुभकामना व्यक्तगर्नुभएको थियो ।