७ जना अपाङ्गता भएका व्यक्तिलाई व्हील चेयर वितरण


विराटनगर १८ मंसिर । ३१ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विराटनगरमा ७ जनालाई व्हील चेयर वितरण गरिएको छ ।

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७ जना व्यक्तिहरुलाई व्हील चेयर वितरण गरिएको हो । व्हील चेयर वितरण कार्यक्रममा विराटनगर महानगरपालिका उपसचिव दुर्गाप्रसाद खतिवडा व्हील चेयर सहयोग गर्ने बाल अपाङ्गता टेवा संस्था अध्यक्ष डेन्डी शेर्पा, विराटनगर महानगरपालिका खरिद इकाइ प्रमुख रामहरी कोइराला, अपाङ्गता रोकथाम तथा पुनर्थापना कार्यक्रमका फोकल पर्सन मिना अधिकारी, आदर्श माविका सहायक प्रधानाध्यापक इन्द्र चौहान र करुणा फाउन्डेसका कार्यक्रम अधिकृत विक्रम कोइराला, संयोजक श्यामकिशोर साह, फिजियो थेरापिस्ट स्नेहा खड्का लगायत अपाङ्गता भएका व्यक्ति, सिविआर र अपाङ्गता भएका परिवारको उपस्थिति रहेको थियो ।

व्हील चेयर वितरण कार्यक्रममा बाल अपाङ्गता टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले अगामी दिनमा सहयोग र सहकार्य निरन्तर रहने बताउनुभयो । उहाँले व्हील चेयरको सफाईका साथै जतन गरि प्रयोग गर्न आग्रह गर्नुभयो ।