आपसी सद्भाव र एकतालाई मजबुद बनाउन संस्कृति र रीतिरिवाजको संरक्षण आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर २२ कात्तिक  । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण् गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो […]

आज छठ पर्व : अस्ताउँदो सूर्यको पूजाआराधना गरी अघ्र्य दिएर मनाईदै

विराटनगर २२ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस […]

विराटनगर ३, क्याम्पस मार्ग टोलवासी संगठित

विराटनगर २१ कात्तिक । विराटनगर ३ स्थित क्याम्पस मार्गमा रहेका स्थानीयहरु टोलको विकासका लागि संगठित भएका छन् ।  महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक पूर्वाधार विकास र सुशासन कायम राख्ने उद्धेश्यले क्याम्पस मार्ग सामूदायिक टोल विकास संस्थाको गठन गरिएको छ । प्रभा बास्कोटाको अध्यक्षमा गठित सामूदायिक टोल विकास संस्थालाई विधिवत् रुपमा बुधबार महानगर वडा नम्बर […]

कोप-२९ मा कोशीबाट पर्यटन मन्त्री र सचिव सहभागी हुने

विराटनगर २१ कात्तिक । अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेले सहभागिता जनाउने भएका छन् । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र सचिवलाई कोप २९ मा सहभागी गराउने निर्णय गरेको छ । आगामी नोभेम्वर […]

नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

विराटनगर २१ कात्तिक । सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो पटक नरेश श्रेष्ठ स्मृति अन्डर–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरमा आज भएको फाइनलमा लुम्बिनी प्रदेशविरुद्ध ८ रनको रोमाञ्चक जित हात पार्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । अघिल्लो संस्करण पनि लुम्बिनीलाई नै हराएर सुदूरपश्चिमले उपाधि जितेको थियो । स्कोर बोर्डमा १ सय २७ रन मात्र […]