विराटनगरबाट भागेका कैदी सीमा क्षेत्रबाट पक्राउ

विराटनगर २४ साउन । विराटनगरबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बुधबार पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट अहमदलाई पक्राउ गरिएको जानकारी […]

कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर, २४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी सरकारले काम गर्ने बताउनुभएको छ । बुधबार साँझ नेपाल निजामती कर्मचारी संगठनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको वृत्ति विकास र सन्तुलन कायम राख्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘संघीय निजामती ऐन नआएका कारण प्रदेशमा […]

कोरोना बीमाको दावी भुक्तानी हुन्छ : सिलवाल

विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी हुने बताउनु भएको छ । सरकारले कोरोना बीमाको पैसा दिने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ मोरङमा मंगलबार प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्नेपर्ने बताउनुभयो । आफू काठमाडौं पुग्ने बितिक्कै बीमा कम्पनीहरूसँग […]

विद्युत प्राधिकरणले साढे ८ अर्ब हैन २२ अर्ब उठाउन बाँकी छ : सभापति पोखरेल

विराटनगर २२ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विवादास्पद बनेको विद्युत बक्यौताको सन्र्दभमा उद्योगी ब्यवसायीलाई भेट्नुलाई अन्यथाको रुपमा लिन नहुने बताउनु भएको छ । मंगलबार विराटनगरमा पत्रकारसँगको कुरकानीमा सभापति पोखरेलले उद्योगी ब्यवसायीसंग कार्यालय वा बाहिर भेट्नु र छलफल नै गर्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । डेडिकेटेड र टं«क लाइन सेवा उपभोग गरेवापतको […]

छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको छ । उहाँले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको हो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो । नेपाल बीमा प्राधिकरणको […]