विराटनगर १८ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा मिल्स क्रिकेट क्लव विराटनगर र वेलबारी विजयी भएका छन् । पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय […]
विराटनगर १८ माघ । नेकपा (एमाले)ले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेको छ । प्रदेशसभामा पदाधिकारी थपेर सुविधा बढाउनका लागि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता लिन एमालेले आग्रह गरेको हो । एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा […]
विराटनगर १८ माघ । रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको आयोजनामा मोरङको बुढीगंगामा क्यान्सर रोग सचेतना सम्बन्धी ‘आशा– क्लोज द केयर ग्याप’ कार्यक्रम संचालन गरिने भएको छ । इन्स्टिच्युटले माघ २१ गते विश्व क्यान्सर दिवसको अवसर पारेर ‘आशा–क्लोज द केयर ग्याप’ कार्यक्रम अन्तर्गत १६ वटा अलग–अलग कार्यक्रम आयोजना गर्ने जनाएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन […]
विराटनगर १७ माघ । कोशी प्रदेशका पूर्वसभामुख बाबुराम गौतम पछिल्लो समय मौन छन् । सार्वजनिक रुपमा असन्तुष्टी व्यक्त नगरे पनि गफगाफका क्रममा नेताहरुले आफुसँग गरेको प्रतिबद्धता स्मरण गर्नुपर्ने बताउने गरेका छन् । ०७९ पुस २८ गते कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका गौतम ७ महिनामै निवर्तमान हुने पुगे । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा ओखलढुङ्गाबाट […]
विराटनगर १८ माघ । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन बुधबार सम्पन्न भएको छ । सो नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ […]