उद्योग संगठन, मोरङ व्यापार संघ र उद्योग वाणिज्य महासंघ कोशीले राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गर्ने

विराटनगर, २५ बैशाख । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर […]

हुलाकी राजमार्ग अन्तरगत मोरङ खण्डमा रोकीएको निर्माण कार्य वैशाख २८ गतेदेखि पुनः शुरु हुने

विराटनगर २५ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्ग अन्र्तगत मोरङ खण्डमा रोकीएको निर्माण कार्य पुनः वैशाख २८ गतेदेखि शुरु गर्ने ठकेदारहरुले आज प्रतिवद्धता व्यक्त्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर क्षेत्रमा गुणस्तरीय निर्माण गरि पुनः जेठ ७ गते समीक्षा बैठक […]

‘वन क्षेत्रलाई रोजगारीसँग जोडेर लैजानुपर्छ’ : मुख्यमन्त्री कार्की

विराटनगर, २५ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट […]

कोशी प्रदेश हामी सवैको गौरव हो,नामकरण विरूद्धको गतिविधि आवस्यक छैन : माधवकुमार नेपाल

विराटनगर २४ वैशाख । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेश सवैको गौरव भएको बताउनु भएको छ । उहाँले कोशी प्रदेशलाई साझा पहिचानका रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । आईतबार विहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कोशी प्रदेश धर्मसँग नजोडिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोशी प्रदेश ठिक छ । सगरमाथा भईदिएको भए […]

प्रदेशले नाम पायो, अव संरचना निर्माणमा लाग्छौं : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण टुङ्गीएसँगै सरकारको ध्यान संरचना निर्माण तर्फ भएको बताउनु भएको छ । संवैधानिक व्यवस्था अनुसार दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण टुङ्गीएसँगै पहिलो कार्यकालमा सम्पन्न हुन नसकेको काम सकिएको उहाँले बताउनुभयो । आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा […]