विराटनगर २६ कात्तिक । मोरङको दक्षिणवर्ती रतुवामाई नगरपालिका स्वास्थ्य सूचकांकमा मोरङ प्रथम भएको छ ।
मोरङका १७ वटै स्थानीय तहहरु मध्ये आ.व.२०८१–८२ मा संचालन भएका स्वास्थ्य कार्यक्रमहरुको विभिन्न सुचाङ्करुमा रतुवामाई नगरपालिकाले उत्साहजनक प्रगती हासिल गरि प्रथम स्थान प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
मोरङ जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा रतुवामाई नगरपालिका प्रथम स्थानमा पर्न सफल भएको हो ।
स्वास्थ्यका ४८ वटा विभिन्न सूचकहरूबाट मूल्यांकनका आधारमा स्थान तय गरिने स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।