विराटनगर १४ असाेज । काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ । प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे […]
विराटनगर १३ असोज । नेकपा एमाले कोशीले अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ । असोज ११ र १२ गतेको बर्षाका कारण देशको मुख्य राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारमा राहत […]
विराटनगर १३ असोज । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराउनुभएको छ । वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा आज […]
विराटनगर १३ असोज । ‘काम गरौं, मुटु बचार्औँ’ नाराका साथ विश्व मुटु दिवसको अवसरमा आज विराटनगरमा प्रभातफेरीको आयोजना गरिएको छ । ग्लेनमार्क फर्मास्युटिकलद्वारा विराटनगरको कोशी अस्पतालको परिसरबाट निस्किएको प्रभातफेरीले हस्पिटल चोक,कालिमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड चोक, गोल्छा मोड, डाँफे चोक,रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि […]
विराटनगर १२ असोज । कोशी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी बराहक्षेत्र स्थित श्रीलंका टापुमा फसेकाको उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टापुमा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनु भएको हो । सप्तकोशी व्यारेज र बराहक्षेत्रमा बाढी र डुवानको अवस्थाबारे निरीक्षण […]