विराटनगर १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक दबाब र हस्तक्षेपको घेरामा फसेको बताउनु भएको छ ।
आज राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्रै नरहेको बताउनुभयो । उहाँले नेपालमा बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको र संवेदनशील अवस्थामा पुगेको लिङ्देनले बताउनुभयो । अध्यक्ष लिङ्देनले नेपालको निर्णय क्षमता नेपाली जनताको हातबाट बाहिरिँदै गएको दाबी गर्नुभयो । उहाँले भन्नुभयोे, ‘विदेशी शक्तिहरूले कसलाई जिताउने, कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच सुरु भइसकेको छ ।
नेपालमा यसको संकेत स्पष्ट रूपमा देखिएको छ ।’ फागुन २१ गते तोकिएको चुनावले समस्याको समाधान नगर्ने र देशमा झन् बरबादी हुने बताउनुभयो । उहाँले भन्नुभयो देश अनिश्चितताको दिशातर्फ धकेलिएको बताए । उनले भने सहमति बिनाको चुनावले देश झन् अस्थिर बन्दै जाने छ ।
अध्यक्ष लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा उभिएका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आह्वान गर्नुभयो । केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको बताउँदै उनले राष्ट्रिय एजेन्डामा एकजुट भए मात्र देशले सही दिशा लिन सक्ने बताउनुभयो ।