कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा निःशुल्क उपचार पाउने बिरामीको विवरण माग

विराटनगर २० पुस । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुसँग निःशुल्क उपचार पाउने बिरामीको विवरण माग गरेको छ । मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको हो । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै निःशुल्क उपचार पाएका बिरामीको विवरणसहितको प्रतिवेदन माग गरेका […]

विराट क्यान्सर इन्स्टिच्युटद्धारा विजय सुचक घण्टीको शुरुवात

विराटनगर ९ पुस । विराट मेडिकल कलेज शिक्षण अस्पताल अन्र्तगतको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले बेल अफ सेलिब्रेसन ( विजय सुचक घण्टी) कार्यक्रमको शुरुवात गरेको छ । विराट मेडिकल कलेजको १० औं बार्षिकोत्सवको अवसर पारेर आज विजय सुचक घण्टी कार्यक्रमको शुभारम्भ गरिएको हो । विरामीहरुले क्यान्सरसँग लड्न देखाएको हिम्मत र शक्तिका कारण प्राप्त गरेको जितको […]

मोरङ कटहरीका १२ सय महिलाको प्रजनन स्वास्थ्य परीक्षण

विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविधिक सहयोग तथा कोकन विराटनगरसँगको सहकार्यमा कटहरी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क जाँच र अप्रेसन शिविरमा १ हजार २ सय ४० जनाको सहभागिता रहेको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । पुस २ देखि […]

होमियोपैथिक चिकित्सा प्रणालीको विकास र सदृढीकरण आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर ,६ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोपैथिक चिकित्सक प्रणालीको विकास र सुदृढीकरण गर्ने बताउनु भएको छ । नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित नेपाल –भारत होमियोपैथिक चिकित्सक एवं वैज्ञानिकहरुको दुई दिने सम्मेलनको उद्घाटन गर्दै उहाँले यो चिकित्सक पद्धति वैकल्पिक स्वास्थ्य उपचारका लागि सहज, सरल र कुनै नकारात्भक प्रभाव […]

तेजस्वी सहकारीको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण

विराटनगर २३ मंसिर । तेजस्वी सहकारी संस्था विराटनगर ५ ले आयोजना गरेको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र करुणा फाउन्डेसन नेपालसँगको सहकार्यमा सहकारी संस्थाको प्राङ्गणमा शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गर्दा ७५ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो […]