विराटनगर १८ मंसिर । विराटनगर महानगरपालिका अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण दिईएको छ । महानगरपालिका अन्र्तगतका १९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पाठेघरको मुखको क्यान्सरका लागि परीक्षण गर्नुपर्ने उमेर, यसका लक्षणहरु, उपलब्ध जाँचहरु, उपचार विधिहरु र फैलिएको गलत धारणाका बारेमा प्रशिक्षण दिईएको थियो । करुणा फाउन्डेसनसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका […]
नेत्र पी अधिकारी विराटनगर १६ मंसिर । मोरङ रंगेलीकी ४८ बर्षीया एक महिला हात्तीपाईले रोगका कारण पीडित भएको २० वर्ष भयो । हात्तीपाईलेका कारण उनको दैनिकी नै प्रभावित बनेको छ । हिँडडुलमा समस्या हुँदै आएको छ । सहजरुपमा घर, करेसाबारीको काम गर्न सक्दिनन् । हात्तीपाईलेका कारण कष्टपूर्ण जीवन विताईरहेकी उनका लागि पछिल्ला वर्षहरु विगत भन्दा […]
बिराटनगर १४ मंसिर । जनस्वास्थकर्मीहरुको छाता सङ्गठन नेपाल जनस्वास्थ्य संघ स्थापना दिवसको अवसरमा नेपाल जन स्वास्थ्य संघले काठमाडौको त्रिपुरेश्वरमा यहि मंसिर २३ गते राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने भएको छ । साथै ७ वटै प्रदेशमा यस बर्ष बिभिन्न कार्यक्रमहरु आयोजना गरि यो दिवसलाइ भब्यताका साथ मनाउने बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि आयोजकले जानकारी दिएको छ । […]
विराटनगर १३ मंसिर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बेरुजू ४१ करोड ३९ लाख पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ५ आर्थिक वर्षको बेरुजू रकम ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ पुगेको जनाएको छ । आर्थिक वर्ष २०७५–०७६ मा स्वास्थ्य मन्त्रालयको बेरुजू १ करोड ९२ लाख ६७ हजार ४४९ रहेको […]
विराटनगर ११ मंसिर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले कोशी प्रदेशमा सवैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरु मध्येबाट उत्कृष्ट विराट मेडिकल कलेजलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सम्मानित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा […]