विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, […]
विराटनगर १६ माघ । बरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाको विराटनगरबाट विदाई गरिएको छ । १५ वर्षबढी न्युरो अस्पताल विराटनगरमा कार्यरत डा. रोकाको आज विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रुपमा सम्मान गर्दै विदाई गरिएको छ । विराट मेडिकल कलेजमा आयोजित कार्यक्रममा डा. रोकालाई कोशी प्रदेशका प्रमुख परशुराम […]
विराटनगर १५ माघ । कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोप लगाईने भएको छ । आगामी माघ २२ देखि फागुन ७ गते सम्ममा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु २ लाख २० हजार ५८४ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार किशोरीलाई खोप लगाईने […]
विराटनगर २८ पुस । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले […]
विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवामा थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हो । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल […]