विराटनगर १८ चैत । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान शुरु गरेको छ । स्वास्थ्यकर्मी सहित वडाका जनप्रतिनिधिहरु जेष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने कार्यको शुरुवात गरेको हो । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधि लगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर महानगरपालिका […]
विराटनगर, १६ चैत्र । सरकारी र निजी अस्पतालको विचमा सरकारले नै फरक व्यवहार गर्ने गरेको निजी अस्पतालका संचालकहरुले बताएका छन् । शुक्रबार विराटनगरमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरङले आयोजना गरेको स्वास्थ्य क्षेत्रको समस्या र समाधानका उपायहरु विषयक अन्तक्रिर्या कार्यक्रममा अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा राज्यले ध्यान दिन नसक्दा संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको आधारभूत अधिकार […]
विराटनगर ९ चैत । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिनुभयो । कोशीमा एक हजार […]
विराटनगर २८ फागुन । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युुट) मा आउने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिनुभयो । विष्टले भन्नुभयो, ‘यस […]
विराटनगर २६ फागुन । तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर ५ ले आज रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको तेजस्वी वचत तथा ऋण सहकारी संस्थाकी कार्य समिति सदस्य मीना खनालले जानकारी दिनुभयो । कार्यक्रममा सहकारी संस्थाका सदस्य तथा अन्य गरि ३६ पिन्ट […]